हाम्रो मिशन

परिदृष्य

  बहुउद्देश्यीय जल पथान्तरण आयोजना विकास गरी बाह्रैमहिना सिंचाइ र जलविद्युत उत्पादन गर्ने।  टनेल बोरिङ्ग मेसिन जस्ता आधुनिक प्रविधि मार्फत सुरुङ निर्माण कार्यको सफलतापूर्वक प्रयोग गर्ने र नेपालको अन्य पूर्वाधारमा लागू गर्ने।  बहुउद्देश्यीय आयोजना निर्माण गर्न सार्वजनिक क्षेत्रको क्षमता बढाउने।

दुर-दृष्टि

देशको दिगो आर्थिक विकास गर्न कृषि उत्पादन र जलविद्युत बृद्धि सँगै, आधुनिक प्रविधि र सक्षम सार्वजनिक क्षेत्रबाट बहुउद्देश्यीय आयोजनाहरू विकास गर्ने।  

लक्ष्य

  बाँके र वर्दियाको ५१,००० हेक्टर जमिनमा बाह्रैमहिना सिंचाइ सेवा दिने र ४६.८ मे.वा. जलविद्युत उत्पादन गर्ने।   जलस्रोत र सिंचाइ क्षेत्रका प्रविधिकहरूको बहुउद्देश्यीय आयोजना विकास र टिबिएम जस्ता प्रविधि प्रयोग   गर्ने क्षमता अभिवृद्धि गर्ने।