पृष्ठभूमी

हालसम्मका सिंचाई योजनाहरुमा मझौला तथा साना नदीहरुको पानी उपयोग गरिएका बर्षातमा थप पानी उपलब्ध गराउने (Monsoon Supplement Irrigation System) प्रकृतिका छन्।यी नदीहरुमा सुख्खा समयमा धेरै नै कम पानी उपलब्ध हुने हुनाले आवश्यक मात्रामा पानी उपलब्ध हुन नसक्ने विकसित सिंचाई प्रणालीहरुमा बाह्रै महिना सिंचाई (Year Round Irrigation) सुविधा उपलब्ध हुन नसकि कृषि उत्पादनमा उल्लेखित बृद्धि हुन सकेको छैन।नेपालका हिमनदी श्रोत भएका नदीहरुको पानीलाई मझौला नदीहरुमा पथान्तरण (Diversion) गर्न सकिएमा विकसित सिंचाई प्रणालीहरुको पूर्ण रुपमा उपयोग गरी कृषि उत्पादनमा बृद्धि भई मुलुकमा खाद्यान्न संकटको समस्या समाधान हुने सोही पानीको श्रोतलाई जलविद्युत उत्पादन, खानेपानी लगायत अन्य प्रयोजनमा समेत प्रयोग गरी राष्ट्रको समग्र विकासमा टेवा पुगी "समृद्ध नेपाल - सुखी नेपाली" भन्ने उद्घोषलाई साकार पार्न सकिने देखिन्छ।यसै कुरालाई मध्यनजर गर्दै जलस्रोत तथा सिंचाइ बिभागबाट देशकै पहिलो नमुनाको रुपमा अन्तर जलाधार जल स्थानान्तरण बहुउद्देश्यीय आयोजनाभेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको रुपमा स्थापना भई राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन प्रक्रिया अगाडी वढाइएको छ।

यस आयोजना अन्तर्गत सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिकाको चिप्ले स्थित भेरी नदीमा करीब १२० मिटर लामो ब्यारेज सहित डिसिल्टिङ्ग वेसिन .२० मिटर ब्यास भएको १२. कि. मि. लामो सुरुङ्ग मार्फत ४० घनमिटर प्रति सेकेण्ड पानी बबई नदीमा खसालिने छ।जम्मा तीन वटा २३. मेगावाट क्षमताका टर्वाईन मध्ये अतिरिक्त एक वटा टर्वाईन मर्मत संभारको बेलामा मात्र प्रयोग गर्नेगरी बाँकी दुई वटा टर्वाईनको नियमित संचालनबाट भेरीगंगा नगरपालिकाकै हात्तीखाल स्थित बबई नदीको किनारमा जम्मा ४६. मेगावाट विद्युत उत्पादन क्षमताको विद्युतगृह निर्माण गरी बार्षिक करीब ४०० गिगावाट आवर विद्युत उत्पादन गरिने छ।आयोजना सम्पन्न भएपछि बबई नदीमा उपलब्ध हुने थप ४० घनमिटर प्रतिसेकेण्ड पानीबाट बबई सिंचाई आयोजनाको हेडवर्क्स उपयोग गरी बर्दिया बाँके जिल्लाका करीब ५१००० हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिंचाई सुविधा उपलब्ध हुनेछ।