दुर-दृष्टि:

कृषियोग्य भुमिमा बाह्रैमहिना सिंचाइ उपलव्ध गरी कृषि उत्पादन र उत्पादकत्व बृद्धि तथा जलविद्युत उत्पादन
गरी देशको दिगो आर्थिक वृद्धि हासिल गर्न अन्तर जालाधार जल स्थानान्तरण तथा बहुउद्देश्यीय जलस्रोत
आयोजनाहरुको विकास आधुनिक प्रविधिको सफल प्रयोग गर्दै सक्षम र सुदृढ सार्वजनिक क्षेत्रको माध्यमबाट
गर्ने

परिदृष्य:

  • वेसिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको विकास गरी कृषियोग्य भुमिमा बाह्रैमहिना सिंचाइ सेवा उपलव्ध गराउनुको साथै जलविद्युत र अन्य फाइदा लिने ।
  • सुरुङ निर्माण गर्न टनेल बोरिङ्ग मेसिनको सफल प्रयोग गरी यस्ता प्रविधि नेपालको अन्य पूर्वाधार विकासमा समेत प्रयोग गर्ने ।
  • डाइभर्सन बहुउद्देश्यीय आयोजनाहरुको निर्माण गर्न सार्वजनिक क्षेत्रको क्षमता अभिवृद्दि गर्ने ।

उद्देश्य:

  • आ.व. २०८४/०८५ सम्म आयोजना सम्पन गरी बाँके र वर्दियाको ५१,००० हेक्टर जमिनमा बाह्रै महिना सिंचाइ सेवा उपलव्ध गराहनुको साथै, ४६.८ मे.वा जलविद्युत र अन्य फाइदाहरु समेत लिने ।
  • १२.२ किलोमिटर सुरुङ्ग निर्माणमा टनेल बोरिङ्ग मेसिनको सफल प्रयोग गर्ने ।
  • जलस्रोत तथा सिंचाइ क्षेत्रमा कार्यरत प्रविधिकहरुको बहुउद्देश्यीय आयोजना विकास तथा TBM जस्ता प्रविधिको प्रयोग गर्न प्राविधिक क्षमता अभिवृद्दि गर्ने ।